सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड रूपैयाँमा सीमित भएको छ।
यसदिन ३२४ वटा धितोपत्रको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच भएको हो।सोमबार ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।







