बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्य तथा वडा नं. ४ का अध्यक्ष सुर्जे तामाङको विशेष आतिथ्यमा श्री सेतीदेवी माध्यमिक विद्यालय, बलेफी–४ गहतेंको ४७औँ वार्षिकोत्सव तथा ३५औँ अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कालीप्रसाद लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचित तथा पूर्व जनप्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, संरक्षक, आजीवन सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो। शिक्षा, संस्कार र संस्कृतिको प्रवर्द्धनमा विद्यालयको भूमिकालाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।













