नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका छन्।उनले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका हुन्।
मोरङको सुन्दर हरैंचा नगरपालिका ४ का स्थानीय नेताहरूसँगको भेटमा उनले निर्वाचनमा जुट्न पनि आग्रह गरेका थिए।

प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको कोइरालाले बताए।
‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंकासमेत जन्मिएको छ,।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए।






