मेलम्ची – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत “प्रविधिको सहि प्रयोग गरौ: लैङ्गिक हिंसा अन्त्य गरौ” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिका वडा नं ९ को आयोजनामा वडाका महिलाहरुको सामुहिक गायन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
श्री गोल्मेश्वरी आ.बिमा ०८२ मंसिर २३ गते सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति लाई समेत जानकारी नगरि विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको पाईएको छ । समितिका अनुसार यस्तो कार्यक्रम विद्यालयको पठनपाठन लाई असर नगरि गर्नु पर्ने देखिन्छ तर यो कार्यक्रमले पठनपाठनमा असर परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारीले जानकारी दिनुभयो ।







