खराब मौसमका कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएपछि तीनवटा अन्तर्राष्ट्रिय र दुई आन्तरिक उडान अन्य गन्तव्यतर्फ डाइभर्ट भएका छन्।

नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँ दिल्लीतर्फ डाइभर्ट भएको छ।
त्यस्तै दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको शेर्पाले बताए।




