सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरूमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभिमुखीकरण तालिम २०८२ कार्तिक १० देखि १२ गतेसम्म गाउँपालिकाको सभाहलमा सम्पन्न भयो।
कार्यक्रमको सहजीकरण नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत नवीनराज दाहाल र गाउँपालिकाका रोजगार संयोजक एवं सहकारी फोकल पर्सन ध्रुवप्रसाद लामिछाने ले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामा ज्युले गाउँपालिकाको सहकारी सम्बन्धी नीति तथा कार्यक्रम्को जानकारि गराउदै सहकारीहरूको व्यवस्थापनमा ध्यान दिन र नमुनाको रुपमा सहकारी अभियान सन्चालन गर्न अनुरोध गर्नुभएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल ज्यूले सहकारी संस्थाहरू कानुन सम्बत सञ्चालन हुनुपर्ने र सहकारी सञ्चालनमा कुनै समस्या देखिएमा गाउँपालिकाले सहजीकरण गर्ने धारणा व्यक्त गर्नुभएको थियो।







