सिन्धुपाल्चोक -काठमाडौंबाट सिन्धुपाल्चोकको हेलम्बु–३ पाल्चोकतर्फ गइरहेको यात्रुबाहक बस (बा ३ ख ९३०८) दुर्घटनामा परेका यात्रुहरूको अवस्थाप्रति मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङले गहिरो चासो व्यक्त गर्नुभएको छ।

दुर्घटनापछि घाइते यात्रुहरूको स्वास्थ्य अवस्था बुझ्न स्वयं अस्पतालमा पुग्नुभएका प्रमुख तामाङले सबै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै सान्त्वना प्रदान गर्नु भएको छ। उहाँले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी मेलम्ची नगर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको छ।
नगर प्रमुख तामाङले दुर्घटनामा परेका नागरिक प्रति सहानुभूति प्रकट गर्दै यस्ता घटनाबाट भविष्यमा ज्यान माथि खतरा नहोस् भनेर सावधानी अपनाउन सबै यात्रु र चालकहरूलाई आग्रह गर्नुभएको छ। यस दुर्घटनामा परेकाहरूमध्ये सबैजना सकुशल रहेको र सामान्य उपचार पश्चात् घर फर्किन शुरु गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकोअ छ।






