धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश रोएको बेला काठमाडाैंका मेयर बालेन शाह हाँस्दै बसेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत साप्पाङले बालेनलाई लुकेर स्टाटस लेखेको आरोप पनि लगाएका छन् ।

बालेन्द्रको यस स्टाटसको जवाफ दिँदै लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो भएको हर्कले बताएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’
पछिल्ला केही दिनयता हर्कले बालेन्द्रलाई तारो बनाएर लगालग स्टाटसहरू लेखिरहेका छन् ।






