मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन अलिक हलुका, विचार प्रफुल्ल रहनेछ। मित्रता वा सामाजिक सहयोगमा विशेष सफलता मिल्नेछ। पुराना योजना अब मूर्तरूप लिन थाल्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्म क्षेत्रमा जिम्मेवारी बढ्नेछ। आज तपाईँको परिपक्व निर्णय वा संयमित व्यवहारले अरूलाई प्रभावित पार्नेछ। कुनै लघु गल्तीलाई सानो नठानी तुरुन्त सुधार गर्नु हितकर हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक चिन्तन, अध्ययन वा गहिरो विषयप्रति मन आकर्षित हुनेछ। विचारमा विशालता आउँछ, तर व्यवहारमा विनम्रता नछाड्नुहोस्। कुनै टाढाको समाचार वा सम्बन्धले हर्षित बनाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आन्तरिक द्वन्द्व शान्त पार्ने दिन हो। आजको मौनता र ध्यानले मनको बोझ कम गर्नेछ। धेरै बोल्नुभन्दा धेरै बुझ्ने अभ्यास गर्नु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी, जीवनसाथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। केही कुरा बुझ्न सकिनेछ जुन पहिले अलमलिएको थियो। सबै विषयमा समन्वय कायम राख्न सके आज विशेष सफल दिन बन्न सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिकी र कार्यप्रणाली सुधार गर्न चाहनेको लागि उपयुक्त समय। आफ्नो शरीर र समय दुबैप्रति उत्तरदायी बन्ने दिन हो। आलस्यले अवसर चुक्न सक्छ अनुशासन अँगाल्नुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मन रमणीयताको खोजीमा रहनेछ। सिरिजनात्मक काम, प्रेम या संगीतजस्ता चिजमा रुचि बढ्नेछ। सन्तान वा विद्यार्थीहरूका लागि सफलता मिल्ने योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरभित्र केही परिवर्तनको संकेत देखिन्छ। परिवारका सदस्यसँग विचार विमर्श गर्दा राम्रो निर्णय आउन सक्छ। घर परिवारप्रति आदरभाव राख्न सके सम्बन्ध झन् मजबुत हुनेछ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
सञ्चार, जानकारी वा यात्रासँग सम्बन्धित काम सफल हुनेछन्। तपाईंका बोली वा लेखले अरूलाई आश्वस्त पार्न सक्छ। आजको दिन सन्देशको दिन हो लेख्नुहोस्, भन्नुहोस्, तर संयमताका साथ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक विषयमा लाभको संकेत छ। कम बोल्नुहोस्, बढी गरिरहनुहोस् तपाईँको काम आफैं बोल्नेछ। परिश्रमको प्रतिफल अब नजिकिएको महसुस हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन आत्मबल, विवेक र प्रसन्नता तीनै कुराको मेल हुने दिन हो। पुरानो बोझ हल्का हुनेछ, नयाँ सम्भावना देखिनेछ। आफ्नो मौलिक विचार अरूले बुझ्न थाल्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनको गहिराइमा जाने समय हो लेखन, ध्यान, वा भजन जस्ता चिजमा मन रमाउन सक्छ। समयका साथ केही कुरा छोड्न सक्नु पनि सफलता हो यो सिक्ने दिन हो। शान्त हृदयले आज भविष्यको ढोका खोल्न सक्छ।













