मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धन लाभको योग छ। व्यापार, लेनदेन र रोजगारीमा फाइदाजनक अवसर मिल्नेछ। साथीभाइ र परिवारसँग समय बिताउन सकिनेछ। यात्रामा सफलता मिल्ने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल, प्रतिष्ठा र निर्णय क्षमता बढ्नेछ। मन प्रसन्न हुनेछ, प्रेम र सम्बन्धमा सुदृढता आउँछ। आर्थिक पक्ष पनि सबल बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अलिक एक्लोपन वा मानसिक द्वन्द्व महसुस हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। गुप्त योजना तयार पार्न उपयुक्त दिन हो। बोल्दा वा निर्णय गर्दा विचार पुर्याउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोग र सम्बन्धबाट लाभ मिल्नेछ। सामाजिक काममा सम्मान पाइनेछ। साथीहरूसँग रमाइलो समय बित्नेछ। योजना बनाउने र अगाडि बढ्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेशागत क्षेत्र र जिम्मेवारीमा व्यस्तता बढ्नेछ। थोरै दबाब भए पनि नतिजा सकारात्मक आउनेछ। उच्च अधिकारी वा मान्यजनको सहयोग मिल्ने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिक्षा, यात्रा र धर्ममा रुचि बढ्नेछ। नयाँ विषयमा आकर्षण हुनेछ। प्रेममा प्रगाढता आउने संकेत छन्। भविष्यका लागि योजना बनाउन उपयुक्त समय।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनको आगमन भए पनि खर्च बढ्ने संकेत छन्। साझेदारी वा दम्पती सम्बन्धमा गहिरो संवाद आवश्यक पर्न सक्छ। भावनामा बग्नुभन्दा यथार्थ बुझेर निर्णय लिनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। पती पत्निमा राम्रो तालमेल बन्नेछ। काममा ऊर्जा आउनेछ। स्वास्थ्य सामान्य रहला।
धनु (ये, यो, भ, भि, भू, ध, फा, ढ, भे)
नियमित काममा मन लाग्नेछ। मिहिनेत अनुसार फल पाइनेछ। स्वास्थ्यमा सुधार होला। जीवनशैलीमा सन्तुलन राख्नु लाभदायक हुनेछ।
मकर (भो, ज, जी, खी, खु, खे, खो, गा, गि)
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्च बढ्न सक्छ, तर स्थायी फाइदाका काममा लगानी गर्न सकिनेछ। साना मतभेद समाधान गर्न संवाद आवश्यक छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन प्रसन्न रहनेछ। नयाँ साथी बनाउने समय हो। रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम वा सन्तानसँग सम्बन्धमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घर-परिवारको वातावारणमा मिठास आउनेछ। धनलाभ, शुभकार्य वा पारिवारिक जमघटको सम्भावना।













