जनकपुर बोल्टसका समर्थकलाई अपमान र आक्रमण गर्नेलाई कारबाही गर्न आजपाको पार्टीको माग

आजपाका उपमहासचिव एवम् प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ती जारी गर्दै उक्त घट्नाको घोर निन्दा गर्दै सो अपराधमा संलग्न अपराधीमाथि कडा कानूनी कारबाहीको माग गरेका छन्।

‘भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकप्रति संघीय राजधानी काठमाडौंको कीर्तिपुरमा भएको सांघातिक आक्रमण, नश्लीय एवं साम्प्रदायिक हकर्तको घोर निन्दा गर्दछु’ साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।

उनले सरकारले मधेशी जनसमूदायलगायत विभिन्न शोषित, उत्पीडित र सिमान्तकृत जनताप्रति सदियौंदेखि गर्दै आएको व्यवहारपनि यही घट्नाले छर्लङ पारेको टिप्पणी गरेका छन्।

‘सरकारले मधेशी जनसमुदाय लगायतका विभिन्न शोषित, उत्पीडित, सिमान्तकृत जनताप्रति सदियौंदेखि कस्तो व्यवहार गर्दै आएको रहेछ भन्ने कुरा यो घट्नाले समेत छर्लङ पारिरहेको छ। मधेशी जनताको शहनशीलतालाई यो राज्यले कमजोरीको रूपमा नआँकोस । खेल भनेको देश र जनतालाई जोड्ने कुरा हो।

घट्नाको भिडिओ नै सार्वजनिक भएको अवस्थामा सरकारका जिम्मेवार व्यक्ति खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले यस्तो संवेदनशील विषयमा मौनता साँध्नु सिंगो मुलुकको अखण्डता र राष्ट्रिय एकताप्रतिको अपमान हो। २१औं शताब्दीमा नश्लीय एवं सम्प्रदायिक व्यवहार प्रर्दशन हुनु अमानवीय मात्रै नभएर गम्भीर अपराधपूर्ण कार्य समेत हो । यसर्थ, हामीलाई कुनैपनि किसिमका अपमान र दुव्यर्वहार सह्य छैन्’ बिज्ञप्तीमा भनिएको छ।

सम्प्रदायिक उपद्रो मच्चाउने जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरु मध्य एकाध जनामाथि अभद्र व्यवहार जस्तो सामान्य मुद्दा दायर गरेर सरकारले झारो टार्ने काम मात्र गरिरहेको घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै अपराधको प्रकृती हेरेर यसमा संलग्न सम्पूर्ण अपराधीहरुलाई यथाशिघ्र पहिचान एवं खोजतलास गरी हदैसम्मको कानूनी कारबाहीको माग गरिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर