निकोलस भुसालले भने– रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल लामिछानेको तस्वीर वास्तविक नै रहेको उनको दाबी छ । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी पनि मागेका छन्

उनले सामाजीक सञ्जालमा लेखेका छन्,”फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भएको हो माफी चाहन्छु, । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।”

डा.भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेका थिए र पछि डिलिट गरेका थिए ।

कानुनका जानकारहरुका अनुसार यसरी अनुमति विना कसैको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर