गृहजिल्लामै प्रधानमन्त्री ओलीविरुद्ध मेचीनगर नगरपालिका रोडमा नाराबाजी

झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार झापाको मेचिनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेको हो । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रमको उद्घाटनका लागि ओली आउँदा नाराबाजी भएको हो ।

दुई दिनसम्म गृह जिल्ला रहने प्रधानमन्त्री ओलीले भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर