जरिवाना पत्र लिएर एमाले कार्यालय जाँदै काठमाडौं महानगर

एमालेले गएको शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरणसभा गर्‍यो । उक्त सभापछि त्यस क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न भन्दै लेखिएको पत्र सामाजिक सञ्जालमा भाइरल भयो ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार जरिवाना तिराउन पत्र लेखेको हो ।

महानगरले एमालेको ‘जागरणसभा’ सकिएपछि काटेको जरिवाना पत्र एमाले पार्टी कार्यालय च्यासलमा अझै पुगेको छैन । एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भीष्म अधिकारीका अनुसार महानगरको जरिवाना पत्र कार्यालयमा आइपुगेको छैन ।

हामीले त्यो पत्र फेसबुकमा मात्र देखेका छौँ । हाम्रो पार्टी कार्यालयमा आइपुगेको छैन । हामीले कार्यक्रमपछि सरसफाइ गरिसकेका थियौँ त्यसपछि पनि किन पत्र काटियो थाहा छैन ?”

शुक्रबार लेखिएको जरिवाना तिराउने पत्र बोकेर महानगर आइतबार अपराह्न एमाले मुख्यालय च्यासल जाँदै छ । महानगरका प्रतिनिधिहरू शुक्रबारको पत्र बोकेर एमाले कार्यालय जान लागेको महानगरले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर