‘निर्भय’मा: मोहन पुन मगर र मेलिना घलेको गजबको केमिस्ट्री

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा युवाहरुको बढ्दो आर्कषण रहेको पाइन्छ । त्यसो त पछिल्लो केहि दिन अघि मात्रै पूर्वि नवलपरासी जिल्ला विनयी त्रिवेणी गाँउपालिका वडा नं.–४, सर्दी स्थायी घर भै हाल काठमाडौलाई कर्मथलो बनाउदै आएका मोहन पुन मगर फिचरिङ म्युजिक भिडियो ‘निर्भय’ सार्वजनिक भएको छ ।

केही दिन अघि रिलिज भएको ‘निर्भय’ बोलको म्युजिक भिडियोमा मोहनलाई देख्न सकिन्छ।‘निर्भय’ बोलको म्युजिक भिडियो मोहन पुन मगर युट्युब च्यानलबाट रिलिज भएको हो ।

भिडियोमा समावेश गीतमा शब्द, स्वर तथा संगीत राजिभ सुनारको रहेको छ । गीत निकै प्रेमिल छ। प्रेमिल प्याटर्नमा आधारित रहेको गितलाई राजिभ सुनारले नै एरेन्ज गरेका हुन । गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेममा रहेका जोकोहीको मन छुने गर्छ। भिडियोमा समावेश गीत इन्फामि रेकर्डिङ स्टुडियोमा राजिभ सुनारले रेकर्ड गरेका हुन भने मिक्सिङ्ग पनि राजिभ आफैले गरेका हुन ।

त्यसो त, अडियो सुन्दा जति रोमान्टिक लाग्छ, भिडियो हेर्दा झन् रोमान्टिक लाग्छ । मोहनको अभिनयले जो कोही दर्शकको ध्यान तान्छ ।

सम्भवतः मोहनको यो डेव्यु म्युजिक भिडियो हो। भिडियोमा उनको अभिनय हेर्दा नयाँ कलाकार जस्तो लाग्दैनन् मोहन। त्यसो त, मोहन पुन मगर र मेलिना घलेको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।

निर्देशक सुरज मगरको कथा र निर्देशन भिडियोमा रहेको छ। आकर्षक फ्रेममा मुकेश ढकाल र सुरज मगरले खिचेको भिडियोलाई सम्पादन  पनि उनिहरुले नै गरेका हुन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित खवर