आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडाले भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।उनले भने,‘मण्डिखाटारस्थित आफू बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।’

२८ वर्षीय खतिवडाले साउन ११ मा सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागीताका लागी आह्वान गरेका थिए ।
फेसबुक लाइभको निरन्तरता स्वरूप उनले सोमबारदेखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित मण्डिखाटारमा यज्ञ सुरु गरेका हुन् ।













