सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर