घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

सोमबार, मंगलबार र बुधबार गरी लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार भने सामान्य घटेको हो।

बुधबार सुनको भाउ तोलामा दुई हजार रूपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो। यो मूल्य नै हालसम्मकै उच्च विन्दु हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर