माननीय सांसद राजेन्द्र लिङ्देन ज्यू बाट सिन्पधुपाल्चोकका दिनेश भण्डारी सम्मानित 

काठमाडौँ आज असार २२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्डबाट पत्रकारिता सम्मानित दिनेश भण्डारीलाई प्रदान गरिएको छ। विशेष अतिथि माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देन ज्यू को हातबाट पत्रकारिता सम्मानित भएका हुन्

दिनेश भण्डारी विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेका छन् भण्डारी काभ्रे प्रेस डट कम, राम्रो सन्देश डट कम, ओके टिभि नेपाल डटकम, राम्रो सन्देश डटकम,नव क्षितिज साप्ताहिक को संवाददाता रहेका छन् । धेरै समय देखि अनलाईन तथा पत्रपत्रिका मिडिया मार्फत निरन्तर रुपमा संञ्चार जगत मार्फत लोक साहित्य ,लोक कल, संस्कृतिको संरक्षण सम्वर्द्धन खोज अनुसन्धान तथा कलाकारहरुको हौसला तथा कला बृद्धिका निम्ति सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ सो योगदानको उच्च मुल्यांकन गर्दै काव्य म्युजिक अवार्ड को तेस्रो संस्करणको को अवार्ड बाट सम्मानित भएका हुन् ।

यो सम्मान संगै भण्डारी को पत्रकारिता को जिम्मेवारीमा अझ बढेको पताएका छन् । कलाकार हरुलाई अनलाईन मिडिया मार्फत उच्च स्थानमा पुर्याउन अनलाईन मिडिया को तर्फ बाट निकै सहयो पुग्ने गरेको छ । उक्त सम्मान बाट कलाकार हरुलाई अझ निस्पक्ष रुपमा आफ्ना अनलाईन मिडिया मार्फत उच्च स्थान दिंदै कलाकार को काला र सिर्जना लाई अझ ससक्त बनाउन सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर