पोखराको फेवातालमा एयर वोट

युवा आविसकारक मनिस शर्माले पोखरामा विधुतिय एयरवोट बनाएका छन् । राम नवमीको दिन पारी नेपालमै पहिलोपटक युवा वैज्ञानिक मनिष शर्माले विधुतिय एयरवोट बनाएर फेवा तालमा सफल परीक्षण गरेका छन । उक्त वोट लाई इलेक्ट्रीक वोट नामाकरण गरिएको छ भने यसमा चार जना मानिस बस्न मिल्ने छ । यस विधुतिय एयरवोट लाई निर्माण गर्न इन्टरनेशनल कलेज अफ अपलाइड साइन्स का प्रबन्धक समिर थापा ले प्रायोजन गर्नु भएको थियो भने उक्त बोट बनाउने काम र परीक्षण Youth Scientist Association को अधीनमो मनिष शर्मा द्वारा नेपालमै पहिलोपटक सफल गरिएको हो । शर्माले यस अगाडि पनि मान्छे बोक्ने ड्रोन बनाई सफल आविसकार गरी ख्याति कमाइसक्नु भएको छ । साथै अन्य विधुतिय उपकरण बनाई सफल परिक्षण पनि गरिसक्नु भएको छ । 

 

प्रतिक्रिया
सम्बन्धित खवर