सुनसरीमा ट्रक दुर्घटनामा परी पाँचजनाको मृत्यु भएपछि आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका छन् । मार्बल बोकेको ट्रक पल्टिँदा उनीहरूको मृत्यु भएको थियो ।मार्बल कम्पनीको हेलचेक्र्याइँले कामदारको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले मोरङको विराटनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूले विराटनगरस्थित मार्बल कम्पनीको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शन हुन थालेपछि प्रशासनले सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरेको छ । पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित ट्रक चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको हो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा पाँचजना कामदारको मृत्यु थियो । विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउँदे पाँचै जना ट्रकको मार्बलमाथि बसेका थिए ।






