जेनजी अभियन्ता मिराज ढुंगानाले जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पाएको टिप्पणी गरेका छन् । बिहीबार (माघ १) माइतीघरमा प्रदर्शनका क्रममा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरेका हुन् ।
अहिले नयाँ भन्नेहरूले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको धारणा राखे । अहिले नेपालमा पात्र मात्र नभई प्रणाली पनि गलत रहेको जिकिर उनको थियो ।

अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।






