वैदेशिक राेजगारीको लागि जाने क्रममा प्रयाप्त जानकारी नहुँदा मानव बेचविखनकाे घटनाहरु बढेको छ- नगर प्रमुख र उपप्रमुख 

सिन्धुपाल्चोक -मेलम्ची नगरप्रमुख आइतमान तामाङले असंगठित रुपमा वैदेशिक राेजगारीकाे शिलशिलामा जाने क्रममा प्रयाप्त जानकारी नहुँदा मानव बेचविखनकाे घटनाहरु बढ्न थालेकाले यसकाे न्युनिकरणका लागि श्रमिककाे रुपमा विदेश जानेहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएकाे छ ।

आइतबार मेलम्ची नगरपालिकाकाे समन्वय तथा सुनिता फाउन्डेसनको आयाेजनामा मानव बेचविखनबाट प्रभावित व्यक्तिहरुकाे सशक्तीकरणका लागि साझा वैठक समन्वय वैठकमा आफ्नाे धारणा राख्दै उहाँले प्रभावितहरुकाे सहयाेगमा नगरले आबश्यक सहयाेग गर्ने बताउनुभयाे । उपप्रमुख उमा प्रधानज्यू लगायत सराेकारवालाहरुकाे सहभागिता रहेकाे वैठकमा फाउन्डेसनले मेलम्चीमा सञ्चालन गरेका कार्यक्रमहरुकाे बारेमा जानकारी गराइएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित खवर