नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ।
बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






