काठमाडौं – त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने लोकप्रिय गायक घमेश दुलाल र शारदा रसाइली को सुमधुर स्वरमा नयाँ गीत “जवानीमा बिताको पल मिठो” सार्वजनिक भएको छ। मन छुने शब्द, उत्कृष्ट संगीत, र आकर्षक भिडियोले यो गीत श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।

गीतका रचनाकार अशोक कुमार सापकोटा, संगीतकार अमन दुलाल, तथा एरेन्ज, मिक्सिङ र मास्टरिङ नारायण दंगाल ले गरेका छन्। गीतको ध्वनि सम्पादन कर्ण सञ्ज्याल द्वारा एक्सन स्टुडियो मा गरिएको हो।
यस गीतमा नारायण दंगाल, सिद्धान्त परियार, करुणा गन्धर्व तथा अन्य साथीहरूको समूहगत स्वर रहेको छ। संगीत पक्षलाई थप सशक्त बनाउन भुवन गन्धर्वले ढोलक, तबला, मादल, धर्म गन्धर्व, कमल कुमार बिक, मनिष गन्धर्व, र राजेश गन्धर्वले सारङ्गी, तथा गोपाल देव घतानीले बाँसुरी बजाएका छन्।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ । दिनेन्द्र डाँगी द्वारा निर्देशित यो भिडियोको छायांकन देनिश खनाल, सम्पादन तथा रङ संयोजन रोशन धिताल, तथा पोस्ट-प्रोडक्सन कार्य धिताल फिल्म्स ले गरेको छ। भिडियोमा लक्ष्मी सुनार र दीपेन्द्र सुनाम को अभिनय रहेको छ।
आकर्षक दृश्य तथा कर्णप्रिय संगीतले भरिपूर्ण गीतले श्रोता-दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।”जवानीमा बितेको पल मिठो” गीत Ghamesh Dulal युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरू मा उपलब्ध छ। ।
हेर्नुस भिडियो….




