नेकपा एमालेको एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी आज निर्णय भएको छ ।’






