स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छ।
बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ। मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ।






