लगातार दुईदिन उच्च अंकले बढेको शेयरबजार तेस्रो दिन सुस्ताएको छ । मंगलबार शेयरबजार परिसूचक नेप्से ५.३२ अंकले बढ्दै २ हजार ५५५ अंकमा उक्लिएको छ ।
तथापि, अघिल्लो दिन आइतबार र सोमबार ९० अंक माथिले बढेको थियो । यस्तै कारोबार पनि १४ अर्बमाथिको भएको थियो । तर, आज ५ अंकले नेप्से बढ्दैगर्दा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबरका १ करोड १९ लाख ७६ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज डेभलपमेन्ट बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचकहरू धनात्मक भएका छन् । १२२ कम्पनीको शेयर मूल्य बढ्दा आज १२५ वटाको मूल्य घटेको छ ।





