सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित सेलाङ माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा १० विद्यालयले ४२ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
उद्घाटन गर्दै गाउँपालिका प्रमुख रेशम स्याङबोले खेलकुदले विद्यार्थीको आत्मविश्वास, अनुशासन र क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।दुई दिनसम्म चल्ने प्रतियोगिताले स्थानीय विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेलकुदप्रतिको रुचि बढाउने अपेक्षा गरिएको छ।







