स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला सात सयले रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ४३ हजार रूपैयाँमा कारोबार भएको छ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रूपैयाँले बढेको छ।

बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार एक सय ८५ रूपैयाँमा भएको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।





