‘व्याख्यात्मक टिप्पणी’को बखान गर्दै प्रचण्डले भने: एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको बताएका छन्। माओवादी नेता लीलामणि पोख्रेलद्वारा लिखित ‘नेपालमा एमसीसी’ नामक पुस्तक लोकार्पण समारोहमा अध्यक्ष प्रचण्डले अप्ठ्यारो परिस्थितिलाई व्याख्यात्मक टिप्पणीमार्फत सहज बनाएको बताए ।

‘एमसीसी आइहाल्यो, त्यो बेला पास नगरी हुन्न भन्ने एक किसिमको राजनीतिक सहमति भयो,’ उनले भने, ‘भोलि खबरदारी गर्ने ठाउँ त हुन्छ भनेर कानुनका विज्ञबाट राय लिएर संसदबाट पास गरियो ।’

उनले माओवादीले जसरी पनि पास गर्नुपर्छ भन्ने अडानमा रहेको सन्देश दिन खोजेर विवादमा पार्न खोजेको समेत स्मरण गरे । तर माओवादी केन्द्र हतारमा जस्ताको त्यस्तै नभई यसका विविध पक्ष केलाएरमात्र पास गर्नुपर्छ भन्ने अडानमा रहेको हुँदा व्याख्यात्मक टिप्पणी गरेर मात्रै पास गरिएको जानकारी दिए ।

नेपालको दीर्घकालीन हित चाहनेहरूले एमसीसी देशको हितको अनुकूल छैन भन्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर