सूचना विभागमा अनलाइन सञ्चारमाध्यम दर्ता कार्य स्थगित,जिल्ला प्रशासनमा दर्ता गर्नुपर्ने

काठमाडौं — सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको कार्य हाललाई स्थगन गरेको छ। सरकारले ‘केही नेपाल ऐन संशोधन’ मार्फत ल्याएको नयाँ व्यवस्थाअनुसार अब अनलाइन सञ्चारमाध्यमको दर्ता जिल्ला प्रशासन कार्यालयबाट हुने भएकोले विभागले यो कार्य रोकेको हो।

छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) अनुसार, अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारी (जिल्ला प्रशासन कार्यालय) समक्ष निवेदन दिनुपर्नेछ। विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार हुँदै आएको दर्ता र नवीकरणको कार्यलाई नयाँ कानुनी व्यवस्थासँग मिलाउनका लागि अहिलेलाई स्थगन गरेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर