सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट ध्रुव अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। यसअघि अधिकारी महासचिवको भूमिकामा थिए।
निर्वाचन समितिका संयोजक इश्वरीराज मैनालीका अनुसार समितिको उपाध्यक्ष पदमा खुलातर्फ राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ चयन भएका छन्। महासचिवको जिम्मेवारी सुमन गैरेले सम्हाल्ने भएका छन् भने खुला सचिवमा मणिसुन्दर कोइराला (सुन्दर शिरीष) र रोजन तामाङ निर्वाचित भएका छन्। महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर बि.क. तथा कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन्।

त्यस्तै, समितिको सदस्यहरूमा सरला अधिकारी, मैना अधिकारी, मनोज दाहाल, नवराज अधिकारी, अनिल अधिकारी, यादव चौलागाईं, नवराज अधिकारी, रुपा अर्याल, रुपा गुरुङ, उमेश राई, कमला तामाङ (अस्मी), दलित सदस्य बबिता नेपाली, सिला तामाङ, गोबिन्द बास्ताकोटी, र गोपिलाल तामाङ रहेका छन्। लेखा समितिको संयोजकमा बालगोबिन्द न्यौपाने र अनुशासन समितिको संयोजकमा मीना श्रेष्ठ चयन भएका छन्।
अधिवेशनका क्रममा अघिल्लो समितिका महासचिव ध्रुव ज्ञवालीले संस्थाको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बद्री अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले अधिवेशनको बन्द सत्रमा भएको छलफललाई जनवादको प्रक्रिया भएको भन्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्।
नवनिर्वाचित समितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए।






