बन्द भएका चलचित्र हलहरू भोलिबाट खुलाउने विषयमा चलचित्र संघले छलफल सुरु गरेको छ ।
गत भदौ २३ र २४ गते जेन जीहरूले गरेको आन्दोलनका कारण बन्द भएका हलहरू भोलिबाट पुनः सुचारु गर्ने विषयमा चलचित्र संघका पदाधिकारी र वितरकहरुबीच छलफल सुरु भएको हो ।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार सकेसम्म भोलिबाट हलहरू सुचारु हुनसक्नेछ । उनले भने, ‘भोलिबाट हलहरू खुलाउने विषयमा छलफल सुरु गरेका छौँ । वितरकहरूसँग पनि छलफल गर्दैछौं । परिस्थिति सहज हुँदै गएकाले भोलिबाट हल खुल्ने सम्भावना छ ।’
