निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं उपत्यकामा सेनाले दिउँसोको कर्फ्यु हटाएसँगै जनजीवन सामान्यतर्फ फर्किँदै छ। आज बिहानदेखि सवारीसाधन र भीडभाड बढेको छ।

सेनाले जारी गरेको सूचनाअनुसार अब बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म मात्र कर्फ्यु लागू हुनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा भने कायम रहनेछ। भदौ २३ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि २४ गतेदेखि सेनाले सुरक्षा कमाण्ड सम्हालेको हो।

सुरुवातमा देशभर लागू गरिएको कर्फ्यु अहिले उपत्यकासम्म सीमित गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर