बलेफी-८ मा वडा स्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु,२ दिनमै ३५७ जनाले पाए सेवा

बलेफी गाउँपालिकामा पहिलोपटक वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। वडा नं. ८ को लामोसाँघुबाट हिजोदेखि थालिएको वितरण कार्यक्रममार्फत आजसम्म ३५७ जनालाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो।

“गाउँपालिकामा पर्याप्त जनशक्ति अभाव रहेकाले वितरण कार्यमा म आफैँ सक्रिय भएको हुँ,अध्यक्ष श्रेष्ठले भन्नुभयो।

“सेवाग्राहीलाई सजिलो होस् भनेर वडामै वितरण सुरु गरेका हौं,” “पहिलो चरणमा वडा नं. ८ बाट थालिएको यो कार्य क्रमशः अन्य वडाहरूमा पनि विस्तार गरिने” पालिकाका पञ्जिकाधिकारी फुर्वा छिरिङ तामाङले बताउनुभयो ।

यसअघि राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमार्फत मात्र वितरण हुँदै आएको थियो। तर, सेवा प्रवाहलाई स्थानीय तहसम्म पु¥याउने उद्देश्यले अब वडा कार्यालयबाटै वितरण गरिने योजना रहेको बताइएको छ।

वडा स्तरबाट परिचयपत्र वितरण गर्ने बलेफी गाउँपालिकाको यो पहिलो वडा हो। यसले टाढाटाढाबाट जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यताको अन्त्य गरी स्थानीयलाई ठूलो राहत मिलेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर