फेरि नयाँ विद्रोहको तयारीमा छु, प्रतिक्रियावादीलाई परास्त गर्नुछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका छन् ।

प्रचण्डले भने- एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।
‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर