गोठाटार तेक्वान्दो डोजाङद्वारा खेलाडीलाइ सम्मान

गोठाटार तेक्वान्दो डोजाङले खेलाडी तथा पदाधिकारीहरूलाई सम्मान गरेको छ। शनिबार आयोजित एक कार्यक्रममा नेपाल तेक्वान्दो संघका प्राविधिक संयोजक टार्जन सुब्बा, केन्द्रीय सदस्य हेमन्त डाँगी, झापा, सोलुखुम्बु र दोलखा जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा सचिवहरू र पत्रकार विक्रम भण्डारीलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन कुमार भण्डारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका–४ का वडाध्यक्ष विजय गुभाजु विशेष अतिथि थिए। डोजाङका अध्यक्ष प्रेम भण्डारीले तेक्वान्दो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको बताए।

प्रमुख अतिथि भण्डारीले खेलकुदले राष्ट्रको पहिचान बढाउने र यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। डोजाङले देशभरका तेक्वान्दो खेलाडीहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखेको छ। साथै, यसले युवाहरूलाई आत्मरक्षाका लागि तेक्वान्दो खेलमा लाग्न प्रेरित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर