राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको सिन्धुपाल्चोक जिल्ला भेला सम्पन्न,अध्यक्षमा विजय नेपाल

सिन्धुपाल्चोक – राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको सिन्धुपाल्चोक शाखा गठन भएको छ। चौतारामा सम्पन्न भएको जिल्ला भेलाबाट विजय नेपालको अध्यक्षतामा पाँच सदस्यीय समिति सर्वसम्मत चयन भएको हो। समितिको उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लामा र सदस्यमा सुजन श्रेष्ठ रहेका छन्।

समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल र समूहका बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेलको पनि उपस्थिति रहेको थियो।

राष्ट्रिय फोटो पत्रकार समूहको ४१ औं शाखाको रूपमा स्थापित यस समितिले जिल्लामा फोटो पत्रकारितालाई मर्यादित र अनुशासित बनाउने तथा फोटो पत्रकारहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर