ओलीले देशलाई पीडा दिए, अख्तियारको मुद्दा प्रतिशोध हो – माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् ।

‘यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ,’ उनले भने, ‘यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुक्त हुने स्थिति बन्दैन ।’

केपी ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने उनको भनाइ छ ।

‘एमालेभित्र तमासा हेर्दै जानुस्,  देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन्  ‘राष्ट्रकै निम्ति ठूलो नोक्सान पुर्‍याउने स्थितिमा पुर्‍याउँछन् ।’

एक पैसा खाएको छैन, मुद्दा प्रतिशोध हो

उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोध मात्रै भएको बताए । आफूविरुद्धको मुद्दा कुनै भ्रष्टाचारसँग सम्बन्धित नभएको उनको दाबी थियो ।

‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने, ‘यो त राजनीतिक पूर्वाग्रह हो, त्यो प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

‘अहिले एकीकरणको कुरा भएकै छैन,’ उनले भने, ‘अहिले सहकार्यको कुरा भएको छ । समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको छ।’

प्रतिक्रिया
सम्बन्धित खवर