स्थानीय तह र जिल्ला अधिवेशन गर्न राप्रपाले तोक्यो केन्द्रीय पर्यवेक्षक (सूची)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला स्थानीय तहहरूको अधिवेशन गराउन नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ ।

बिहीबार जारी गरेको विज्ञप्तिमा  पार्टीको जिल्ला स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढङ्गबाट निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि जिल्लाहरूमा केन्द्रीय पर्यवेक्षक तोकेको उल्लेख छ । पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार पर्यवेक्षक तोकिएको उनको भनाइ छ ।

काठमाडौंमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, भक्तपुरमा उपाध्यक्ष रोशन कार्की, ललितपुरमा प्रकाश रिमाल र उद्धवराज भेटवाललाई पर्यवेक्षकका रूपमा जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।

पर्यवेक्षकहरूले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्नुपर्ने र नियमित प्रतिवेदन पेस गर्नुपर्ने श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले स्थानीय तहको अधिवेशन असोजभित्र गराउनुपर्ने बताइएको छ । नियमित गर्दा राप्रपाले मंसिरमा महाधिवेशन गर्नुपर्नेछ ।

केन्द्रीय पर्यवेक्षकको सूची

d0130aec-ce5a-4f34-8a4c-4a09d98facd863a370a9-39d8-4941-a6f5-f2482c76b4fc

प्रतिक्रिया
सम्बन्धित खवर