३१ अंकले घटेको बजारमा करिब १६ अर्ब रूपैयाँको कारोबार

सेयर बजार परिसूचक (नेप्से) मा ३१.५० अंकले गिरावट आएको छ।

अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

आज बजार उतारचढावपूर्ण रह्यो । आजका लागि अधिकतम विन्दु ११ : २४ बजे २९६७ अंक रह्यो भने बन्द भएको अंक नै न्यूनतम रह्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोडको भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर