“मुटुको धड्कन” मा संगम, सन्तोष र कोपिला को एउटै स्वरले सार्वजनिक (हेर्नुहोस भिडियो)

दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीत मा आफ्नो छुट्टै पहिचान बनाउदै आएका संगम थापा काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन्। एक पछि अर्को गर्दै गीत संगीत लाई बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीत मा आफ्नो कुनै सहकार्य रहन्छ त्यो गीत करोड क्लबमा पुग्ने गरेको छ।

गीत संगीत को लामो अनुभव गर्दै गीत संगीत मै दौडिरहेका थापा आज भोलि पनि गीत संगीत मै व्यस्त देखिन्छन्। यस्तै शिलशिला लाई मध्यनजर गर्दै संगम थापा को स्वर रहेको “मुटुको धड्कन” भर्खरै बजारमा सार्वजनिक भएको छ। यो गीतले पनि सार्वजनिक भएको एक दिन मै लाखौं दर्शक बटुलेको छ ।

साहारा म्युजिक नेपाल को प्रस्तुति मा “मुटुको धड्कन” भिडियो सहित बजारमा सार्वजनिक भएको छ । उक्त गीतले पनि अघिल्लो गीत संगीत जस्तै आफ्नो दर्सक स्रोताहरुलाई मनोरञ्जन दिँदै चर्चा कमाउदै आएको देखिन्छ। र संञ्चार माध्यममा पनि उतिकै गुञ्जने गरेको देखिन्छ। संगम थापा सन्तोष अधिकारी र कोपिला तामाङ् वाइवा को सुमधुर आवाज मा रहेको उक्त गीत संगम थापा को मन छुने शब्द सिर्जना र संगीत सिर्जना मा सकिएको छ ।

म्युजिक भिडियो मा आयुष्मा कार्की, जीवन कार्की,र सन्तोष अधिकारी को धमकेदार अभिनय रहेको छ भने अर्जुन महर्जन को कथा निर्देशन रहेको छ । सन्तोष तिमल्सिना को छायांकन र विनोद बम को सम्पादन मा म्युजिक भिडियो निर्माण भएको छ । साहारा म्युजिक नेपाल को अफिसियल युट्युब बाट बजार मा सार्वजनिक भएको छ ।

पुरा भिडियो…..

 

 

प्रतिक्रिया
सम्बन्धित खवर