युवा समाजसेवी संगम थापा राष्ट्रिय रत्न सम्मानबाट सम्मानित

काठमाडौं – युवा समाजसेवी संगम थापा “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२” अन्तर्गत सामाजिक व्यक्तित्व सम्मानबाट सम्मानित भएका छन् । सामाजिक सेवा क्षेत्रका एक अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा उनले विपन्न परिवारहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री (स्टेसनरी) सहयोग, मठमन्दिरहरूमा नगद तथा श्रमदान, मजदुर हक–अधिकारका पक्षमा सक्रिय आवाज उठाउने कार्य, साथै खेलकुद क्षेत्रमा आवश्यक सहयोग गर्दै समाजमा सकारात्मक प्रभाव पार्दै आएका छन् ।समारी इन्टरनेशनल इभेन्टको आयोजनामा भक्तपुरको बोडे स्थित कृषि विकास बैंक सभा हलमा आयोजित कार्यक्रममा उनलाई सामाजिक कल्याण र समुदाय सशक्तीकरणप्रतिको अथक समर्पण र उत्कृष्ट योगदानको कदरस्वरूप राष्ट्रिय रत्न सम्मान प्रदान गरिएको हो । कार्यक्रम प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा थापाले पाएको सम्मानले राष्ट्रका उदाउँदा ताराहरूको पहिचान वृद्धि गर्ने लक्ष्य बोकेको आयोजक संस्थाले जनाएको छ ।

 

उनी सामाजिक र राजनीतिक व्यक्तिका रूपमा निःस्वार्थ सेवा गर्दै दु:खी, सीमान्तकृत र असहाय जनसमुदायको जीवनस्तर सुधार गर्न प्रति अविचल प्रतिबद्धता प्रदर्शन गर्दै आएका छन् । सामाजिक न्याय, शिक्षा, स्वास्थ्य चेतना तथा आर्थिक उत्थानका क्षेत्रमा गरिएको उनको प्रयासले कैयौं व्यक्तिहरू र समुदायहरूमा गहिरो र दीर्घकालीन प्रभाव पारेको छ ।उनको सहानुभूतिपूर्ण दृष्टिकोण, स्थानिय तहमा देखाएको नेतृत्व क्षमता र समावेशी विकासका पक्षमा गरिएको वकालतले सामाजिक उत्तरदायित्वका उच्चतम आदर्शहरू झल्काउँछ । उनको सेवा, समर्पण र निष्कलंक भावनाले हजारौं मानिसको जीवनमा आशा र उज्यालो बोकेको छ ।यही अतुलनीय योगदानको उच्च कदर गर्दै, यो सम्मान उनलाई प्रदान गरिएको हो । उनको यात्राले समाज सेवामा समर्पित नयाँ पुस्तालाई मार्गदर्शन गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर