दुर्गा प्रसाईंलाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले तीनकुने घटना पछि अनुसन्धान को क्रममा रहेका व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । धेरै लामो समयको अनुसन्धान र बयान पछि प्रसाईं लाई जेष्ठ २९ गते काठमाडौंको जिल्ला अदालत ले यस्तो आदेश गरेको हो ।

प्रसाईं लाई थुनामा राख्ने र उनको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था गर्न पर्ने आदेश भएको छ ।

तीनकुने घटनामा प्रसाईंसँगै अन्य ७ जनालाई थुनामा पठाउने आदेश दिइएको छ भने ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।अधिवक्ता स्वागत नेपालका अनुसार, अदालतको इतिहासमा यस्तो प्रकारको आदेश पहिलो पटक भएको हो, जसमा थुनामा रहेका व्यक्तिको उपचारको व्यवस्था मिलाउन भनिएको छ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर अस्पतालमा उपचारको व्यवस्था मिलाउन समेत आदेश गरेको छ।

तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले यस्तो आदेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर