आज २०८२ जेठ १० गते शनिवारको राशिफलसंगै पाथीभरा माताको दर्शन गरौँ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो)

दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ ।

मिथुन (का,की,कू,,,,के,को,हा)

झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ ।  साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन आजको दिन कर्कट राशिका जातकको लागि सुखद रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरुले अगाडी बढ्न नदिन सक्दछन सचेत भएर कामकारवाही अगाडी बढाउनुहोला सिहं  राशिका जातकका लागि आजको दिन त्यति अनुकुल रहेको देखिदैन ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो)

पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ । आजको दिन कन्या राशिका जातकको लागि शुभ रहेक छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । तुला राशीका जातकका लागि आजको दिन त्यति उपयुक्त रहेको देखिदैन।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ । अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)

गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हुनेछ । सरकार बाट मानसम्मन पाइने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)

आय आर्जनमा बृद्दि हुनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन । व्यापार व्यवसायमा बृद्दी हुनेछ । पदोन्नति हुने समय पनि रहेको छ । मन प्रशन्न रहदा वरिपरिको माहोलमा पनि खुसी भएर बस्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनावश्यक झगडामा परिनेछ ।  आर्थिक क्षति हुन सक्दछ । भौतिक श्रोत साधनबाट सोचेअनुरुप सफलता नपाइन सद्छन । सवारीसाधनले धोका दिन सक्दछ । सचेत रहनुहोला ।

मीन (दी,दू,,,,दे,दो,चा,ची)

मन प्रशन्न रहनेछ आज शारीरिक स्फुर्ती बढ्दा मनमा कान्ति छाउनेछ । आज मनोरन्जनका क्षेत्रमा समय व्यतिक गर्न पाइनेछ । साथिभाइ सङ्गको जमघटले गर्दा हर्षोल्लासपुर्ण तवरबाट दिन व्यतित हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर