आज २०८२ जेठ ८ गते बिहीवारको राशिफलसंगै पाथीभरा माताको दर्शन गरौँ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो)

गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ गर्नुहोला ।

मिथुन (का,की,कू,,,,के,को,हा)

भाग्य बलियो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो)

शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन सक्दछ खानपानमा ध्यान दिनुहोला । मनमा चिन्ता बढ्न सक्छ । मानसम्मानमा गिरावट आउला । भैझगडा या विभिन्न झमेलामा फस्न सकिनेछ । सचेत रहनुहोला । देवि भगवतीको आराधना गरेर कार्यको थालनी गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भित्री ज्ञानमा निखारता आउनेछ । अचानक धन प्राप्त हुनेछ । बिवेकपुर्ण कार्यले गर्दा अधिक फल पाइनेछ । मानसम्मानमा बढोत्तरी हुनेछ भने सन्तान सुख पनि हुने देखिन्छ ।। भगवान सुर्यनारायणलाइ अर्घ्य दिएर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सुखमा कमि आउनेछ । द्रुतगतिमा अगाडि बढिरहेका काम रोकिनेछन । सावारीसाधनले धोका दिन सक्नेछ कानुनी झमेलामा फसिनेछ । जग्गाजमिनको कारोबार नगर्नुहोला घाटा हुन सक्दछ ।। भगवान लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्दा अशुभ फलबाट वचन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)

पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ। कालीमाताको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)

अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ ।

मीन (दी,दू,,,,दे,दो,चा,ची)

रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर