नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीच महत्त्वपूर्ण औपचारिक कार्यक्रम सम्पन्न

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सचिव कं. दिनानाथ शर्माको नेतृत्वमा चीनको शान्सी प्रान्तमा सम्पन्न एक महत्त्वपूर्ण औपचारिक कार्यक्रममा सहभागिता जनाइएको छ। उक्त कार्यक्रममा कृषि, पर्यटन, अटोमोबाइल लगायतका क्षेत्रहरूमा आपसी मित्रता, विचार आदानप्रदान, र सामाजिक-आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ छलफल गरिएको थियो। प्रतिनिधि मण्डलका सदस्य दीपक केसीका अनुसार कार्यक्रम हार्दिकता र आपसी सम्मानको वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रममा दुवै पक्षबाट समाजवादी अवधारणाअनुसार पार्टी निर्माण, आर्थिक रूपान्तरण, गरिबी निवारण, जनजीविकामुखी नीति, तथा आपसी सम्बन्ध विस्तारबारे गहन छलफल गरिएको थियो।

चिनियाँ पक्षका प्रमुख सहभागीहरू:

सुश्री हु लिजिए – CPC शान्सी प्रान्तीय समितिको स्थायी समिति सदस्य तथा संगठन विभागकी मन्त्री, पार्टी स्कूल (शान्सी प्रशासन प्रतिष्ठान) की अध्यक्ष

श्री डोङ सियाओलिन – पार्टी नेतृत्व समूहका सचिव, शान्सी प्रान्तको जन सरकारको विदेश मामिला कार्यालयका महानिर्देशक

श्री छेन जिन – CPC पार्टी स्कूलका कार्यकारी उपाध्यक्ष

श्री झाओ वेनझी – कृषि तथा ग्रामीण मामिला विभागका महानिर्देशक

श्री रेन योंगफु – संस्कृति तथा पर्यटन विभागका उप-महानिर्देशक

सुश्री ली यान – विदेश मामिला कार्यालयकी उप-महानिर्देशक

श्री चाङ जिउचिङ, श्री ली पेंगफेई, र श्री साङ आओ – CPC अन्तर्राष्ट्रिय विभाग, प्रथम ब्यूरोका प्रतिनिधि

माओवादी केन्द्रको तर्फबाट: वरिष्ठ नेतागण, विदेश विभागका पदाधिकारीहरू तथा सम्बन्धित पार्टी विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा उपहार आदानप्रदान समेत गरिएको थियो, जसले दुई पार्टीबीचको ऐतिहासिक मित्रता, सम्मान र सहकार्यलाई प्रतिविम्बित गरेको छ।

यस औपचारिक भ्रमण तथा संवाद कार्यक्रमले नेपाल–चीनबीचको पार्टीस्तरीय सम्बन्धलाई थप सुदृढ पार्दै भविष्यमा आपसी सहयोग र समझदारीको आधार अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर