प्रितम तामाङको आवाजमा खान्दोके सेलो ‘बैलासी थेबा–२’ रिलिज

काठमाडौं :  नेपाली खान्दोके सेलो गीत संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिपरेका गायक एवं सञ्चारकर्मी हुन् प्रितमकुमार तामाङ। विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने तामाङ पछिल्लो समय अझ बढी सक्रिय छन् गीत संगीतमा।

यसैबीच,  खान्दोके सेलो ‘बैलासी थेबा–२’ निकै मेहनत गरेर बजारमा ल्याएका छन् प्रितमकुमार तामाङले। केही दिन अघि  ‘बैलासी थेबा–२’ बोलको नयाँ खान्दोके सेलो गीत तामाङले रिलिज गरेका हुन् ।

गीतमा उनै गायक एवं सञ्चारकर्मी प्रितमकुमार तामाङ र गायिका सुमिना लोको आवाज सुन्न सकिन्छ। गीतको शब्द लालजीत तामाङ र सानुकान्छी तामाङको अनि संगीत प्रितमकुमार तामाङको हो। सङ्गीत संयोजन भने आगा लामाले गरेका हुन् ।

गीतको अडियो संगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा प्रितम स्वयं फिचर्ड छन् । प्रितमका अलवा मोडल अस्मिता तामाङ, ईश्वर तामाङ, दीपेन्द्र गोले, आकाश गोले, दीपक लामा, सागर तामाङ, सपना तामाङ, सलीना तामाङ, देवी तामाङ र जेनिशा थापालाई  भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियोमा प्रितमकुमार तामाङको कथा र निर्देशन रहेको छ । भिडियोलाई आकर्षक फ्रेममा कृष्ण ब्लोनले खिचेका छन् भने भिडियोलाई त्रिलोक लामाले सम्पादन गरेका हुन् ।केहि दिन अघि मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।

गीतको भिडियोPRITAM GOLE OFFICIALयुट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया
सम्बन्धित खवर