सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौं । सर्वाेच्च अदालतले ‘सिधा कुरा’ अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ ।

सर्वोच्चको वृहत्‌पूर्ण इजलासले आइतबार अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई ६ महिना र सिधा कुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको छ ।

कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ ।यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ ।

सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक मिडियामाथि लाञ्छना लगाउँदै प्रकाशित मिथ्या समाचारको विषयवस्तु र प्रसारणलाई गम्भीरताका रूपमा लिँदै सिधाकुरा डटकमका प्रकाशक र सम्पादकविरुद्धको निवेदनलाई फौजदारी लगतमा राख्न आदेश दिएको थियो। ‘फेक अडियो’ सार्वजनिक भएपछि वरिष्ठतम् न्यायाधीश, कानुन व्यवसायी, सञ्चार व्यवसायी र सञ्चारकर्मीमाथि अतिरञ्जित लाञ्छना लगाइएको समाचारलाई लिएर न्यायाधीश समाज नेपाल, नेपाल बार एसोसिएसन, सर्वोच्च बारलगायतले आपत्ति जनाएका थिए।

हेर्नुहोस् पूर्णपाठ

sidha kura

प्रतिक्रिया
सम्बन्धित खवर